Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता, सहमति जुट्न सक्ने विश्वास

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ ।

यसअघि शुक्रबार भएको वार्ता सकारात्मक भएको दाबी गरिएको थियो ।

आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले जानकारी दिए । आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास गरिएको छ ।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077