Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

उदयपुर । उदयपुरको कटारीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ७० वर्षीय वीरबहादुर तामाङ र ३३ वर्षीया लालकुमारी तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको ना १ ज ८३३३ नम्बरको जीप कटारी ७ मजेतपुरमा दुर्घटनामा परेको हो ।

ब्रेक फेल भई जीप डेढ सय मिटर तल खसेको थियो । घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पताल र कटारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077