Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बूढानीलकण्ठमा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

सभापति देउवाले शनिवार दिउँसो साढे ४ बजेपछि आफ्नै निवासमा बस्ने गरी बोलाएको बैठक शुरू भएको हो ।

राष्ट्रियसभा अध्यक्षको चुनाव र शान्ति प्रक्रियाका बारेमा छलफल गर्न सभापतिले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

कांग्रेस र माओवादीको दाबी रहे पनि अन्तिममा एकमात्र उम्मेदवार खडा हुने कांग्रेसका शीर्ष नेताहरुले बताउदैं आएका छन् ।

एमालेले पनि साथ दिने भएपछि माओवादीले कांग्रेसलाई नदिइ राष्ट्रिय सभामा आफ्नै उम्मेदवार अगाडि सार्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077