रौतहट । रौतहटमा ६९ बोरा अवैध रासायनिक मलसहित दुईजना पक्राउ परेका छन् ।
ना ३ ख ४६८० नम्बरको ट्रकमा राखेर भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको टोलीले मल बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा रौतहटको फतुवा विजयपुर-८ मा जाँच गर्दा ट्रकमा परालको भुसले छोपेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा युरिया मलका ६९ बोरा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यस्तै पक्राउ पर्नेमा ट्रक चालक चितवनको टाँडी नगरपालिका-१३ घर भएका ५६ वर्षीय सुनिल दरै र ट्रक धनी चितवनकै रत्ननगर नगरपालिका-१३ का ५३ वर्षीय गोविन्द भुजेल रहेका छन् ।
बरामद मल र ट्रकसहित उनीहरुलाई गौर भन्सार कार्यालयमा बुझाइएको छ ।