Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नाबालिकाको फेक आइडी बनाई चरित्र हत्या गर्ने सुमन पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-२६ गोल्कोपाखा बस्ने २२ वर्षीय सुमन खत्री छन्।

उनलाई साइबर ब्यूरोको टोलीले ठमेलबाट पक्राउ गरेको हो। उनले एक नाबालिकाको तस्बिरहरू डाउनलोड गरेका थिए।

नक्कली आइडी खोलेर ती नाबालिकाको तस्बिर पोष्ट गर्दा अश्लिल क्याप्सन राखेर चरित्र हत्या गर्ने गरेको प्रहरीले जनाएको छ ।

नाबालिका तथा उनका परिवार सदस्यहरूलाई अश्लिल तस्बिर, भिडिओ पठाएर हैरानी दिएको भन्दै पीडित प्रहरीकहाँ पुगेकी थिइन्।

त्यसमाथि अनुसन्धान गरी खत्रीको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गरेको हो।खत्रीले आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)को प्रयोग गरेका थिए।

यद्यपि प्रहरीले प्राविधिक विश्लेषण गरी उनको संलग्नता खुलाएको थियो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077