Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साताको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा कायम भएको हो। २ अर्ब बराबरको सेयर कारोबार भएको छ।

सेन्सेटिभ इण्डेक्स ०.५४ प्रतिशतले घटेर ३४९.७३ विन्दुमा पुगेको छ। आज ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ग्लोबल आईएमई लघुवित्त वित्तीयको सेयर मूल्य सर्वाधिक ९.७० प्रतिशतले बढ्यो।

यसदिन चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको ७.४९ प्रतिशतले घट्यो। १३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार गरी सोनापुर शीर्षस्थानमा रह्यो।

यसैगरी शिवम् सिमेन्टको ९ करोड,हिमालयन रिइन्स्योरेन्सको ८ करोड,बोटलर्स नेपाल (तराई)को ५ करोड र जोशी हाइड्रोपावर डेभलपमेन्टको ४ करोड मूल्य बुराबरको सेयर कारोबार भयो। यसदिन दुई उपसमूहबाहेक अन्यको सूचक नकारात्मक देखिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077