Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

स्यानटरी प्याड खरिदमा १३ लाख भ्रष्टाचार, नगरप्रमुखसहित ९ जनाविरुद्ध मुद्दा

धनुषा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको सहिद नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सहिद नगरपालिकाका तत्कालीन नगरप्रमुख उदयकुरमा यादव,उपप्रमुख शिलादेवी कापर,प्रमुख प्रकाशसकीय अधिकृत शत्रुध्न यादव,लेखापाल लेकबहादुर नेपालीलगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध आर्थिक वर्ष २०७७/०७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको स्यानिटरी प्याड खरिद गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा नगरपालिकाले शशर्त अनुदानतर्फको स्यानिटरी प्याद खरिदका लागि २०७७ साल ११ महिना १९ गते रेजा ट्रेडिङ प्रालिसँग खरिद सम्झौता भएकोमा उक्त खरिद सम्झौता गर्नुअघि नै २०७७ साल ११ महिना १३ गते भुक्तानी गरेको ,शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता हुन अगावै र कहीकतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ प्रालिले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारको ठहर छ।

उनीहरूले कानुनको प्रावधान विपरीत झुट्टा विवरण एवं राष्ट्रिय सूचना तयार गरी गलत कागजातहरूको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता एवं १३ लाख ९३ हजार ६८७ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको खुल्न आएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रत्येक व्यक्तिमाथि १३ लाख ९३ हजार ६८७ बिगो र सजाय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077