Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जीएनआरएनए हङकङको प्रथम अधिवेशनको तयारी तीव्र, किन स्थापना भयो संस्था ? [भिडिओसहित]

काठमाडौं । विश्व गैर–आवासीय नेपाली संघ, हङकङले प्रथम अधिवेशनको तयारी तीव्र पारेको छ । यही मार्च १० मा चिमसा चोइ इस्टस्थित रेगल काउलुन होटलमा हुने प्रथम अधिवेशनको तयारी तीव्र पारिएको हो ।

जीएनआरएनले मार्च १० मा अधिवेशन गर्न यसअघि नै घोषणा गरिसकेको थियो । सोही विषयमा जीएनआरएनले आज हङकङमा पत्रकार सम्मेलन गरेको जानकारी दिएको छ ।

जीएनआरएनएका त्रिलोक गुरुङले विश्व तथा नेपालभर रहेका नेपालीको हितका लागि काम गर्ने उद्धेश्यसहित संस्था स्थापना गरिएको बताए ।

उनले भने, 'यो संस्था नेपाली मुलको सञ्जाल विश्वव्यापी एनआरएनले एक पटकको नेपाली, सधैको नेपाली रहिरहने भनाईलाई पूर्ण रुपमा आत्मसाथ गर्छ । नेपाली समाजको रुपान्तरणका लागि हाम्रो उर्जा र स्रोतहरुलाई सुव्यस्थित गर्ने हाम्रो प्रतिवद्धताद्धारा विश्वासलाई सुदृढ गर्दै यसका साथसाथै यसले नेपाली डायसप्राको ठूलो चिन्तालाई सम्बोधन गर्न सरकारसँग पनि काम गरिरहेको छ ।'

नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न र गैरआवासीय नेपालीहरूको अधिकार तथा हितको रक्षा गर्न नेपाल बाहिर बस्ने सबै नेपालीलाई एकताबद्ध गर्ने मिसनसहित संस्था स्थापना गरिएको उनको भनाई छ ।

उनले पत्रकार सम्मेलनमा नेपालको सामाजिक–आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमार्फत सहकार्य गर्ने दाबी गरे । उनले विभिन्न २२ देश तथा क्षेत्रमा विश्व गैर–आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद् स्थापना भइसकेको बताए ।

सबै नेपालीलाई एउटै छातामुनि एकताबद्ध गर्न आफूहरु लागि रहेको उनको भनाई छ । उनले नेपाल बाहिर बसोबास गर्ने सबै नेपालीलाई एकताबद्ध गर्दै विश्वव्यापी नेटवर्क र साझा प्लेटफर्मको स्थापना गर्ने संस्थाको मूल उद्देश्य रहेको स्पष्ट पारे ।

यस्तै आवश्यकताका आधारमा संस्था खुलेको बताउँदै उनले संस्थामा आबद्ध हुन विश्वभरका नेपालीलाई आह्वान गरे । प्रथम अधिवेशनमा संसारभरिका जीएनआरएनका प्रतिनिधिहरु सहभागि हुने पनि पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077