Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मोटरसाइकल ग्यारेजमै जुवाको खाल, डेढ लाखसहित ६ जना प्रहरी फन्दामा

कास्की । मोटरसाइकल ग्यारेज (वर्कसप) मा जुवातास खेलेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको सभागृहचोकस्थित वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा घर भइ पोखराको न्यूरोड बस्ने ४१ वर्षीय रमेश साह, भारत बिहार घर भइ पोखरा नयाँबजार बस्दै आएका ३५ वर्षीय उपेन्द्र चौधरी, भारत बिहार नै घर भइ पोखराको जरेबर बस्ने २५ वर्षीय कुमेश साह, भारत बिहार घर भइ पोखरा न्यूरोड बस्ने ३४ वर्षीय राकेश शर्मा, सप्तरी घर भइ पोखरा बगर बस्ने २६ वर्षीय सुजित चौधरी र मोरङ घर भइ पोखरा चाउथे बस्ने ४३ वर्षीय गोपाल बस्नेत छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ६ बुक तास र १ लाख ३९ हजार ४५० रुपैयाँसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077