Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादीले गठबन्धन टुटाए सहकार्य गर्ने एमालेको निर्णय

    माओवादीले गठबन्धन टुटाए सहकार्य गर्ने एमालेको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 648
    SHARES

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालको गठबन्धनबाट अलग भए नयाँ ढंगबाट अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।



    उनले आकस्मिक बैठकका निर्णय सुनाउँदै नेता प्रदिप ज्ञवालीले गठबन्धनमा दरार आएपछि समीक्षा गर्न बैठक बसेको जानकारी दिए ।



    ‘प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ,’ ज्ञवालीले भने । एमालेले आजै नयाँ समीकरण बन्ने संकेत देखाएको छ ।

    यता एमालेका नेता सुरेन्द्र पाण्डेयले पनि आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्न लागेको बताए । उनले सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार