Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद बैठक २४ फागुनसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।

बालुवाटारमा एमाले नेतृत्वको नयाँ गठबन्धनको तयार भएसँगै फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि बैठक स्थगित भएको हो।

संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपछि सभामुख देवराज घिमिरे बैठक के गर्ने भनेर आन्तरिक परामर्श गरेका थिए ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो ।

त्यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ । तर मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागिएकाले संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077