Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पशुपति क्षेत्रमा ५ दिन मासु, मदिरा बेचबिखन तथा सेवन निषेध

काठमाडौँ । पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी शुक्रबार परेको महाशिवरात्री पर्वलाई लक्षित गरेर पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर बुधबारदेखि मासु, मदिरा र नशालु पदार्थको उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गोशाला तिलंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिराजन्य नशालु पदार्थ किनबेच र सेवन गर्न नपाइने जानकारी दिए ।

यस सूचनाविपरीत काम गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077