Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नयाँ गठबन्धनबारे आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे बुढानीलकण्ठमा बैठक बोलाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुरानो गठबन्धन भत्काएर नयाँ गठबन्धन गठन गरेपछि त्यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबारदेखि नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको छ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादीको नयाँ गठबन्धन बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077