Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ क्षेत्रभित्र मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक लगाएको हो ।

फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन फागुन २३ बाट २७ गतेसम्म सो क्षेत्रमा नशालु पदार्थ र मासु सेवन, ओसारपसार र भण्डारण गर्न निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार गौशाला–मित्रपार्क सडक, पशुपति मन्दिरको पूर्व–पश्चिम, तिलगंगा क्षेत्र, मित्रपार्कक्षेत्र र गुहेश्वरीबाट दक्षिण भित्रका सबै भागमा मदिराजन्य पदार्थ र अन्य नशालु पदार्थ बेच्न रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077