Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृह मन्त्रालयबारे गठबन्धनमा छलफल नै भएको छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृह मन्त्रालय कसले लिने भन्ने विषय छलफलका रूपमा विषय प्रवेश नै नभएको दाबी गरेका छन् ।

एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित चार दलको नयाँ गठबन्धनमार्फत मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य भइरहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एमालेबिच गृहमा विवाद भएको विषय बाहिर आएसँगै महासचिव पोखरेलले मन्त्रालय बाँडफाँडमा विषय प्रवेश नै नभएको दाबी गरे।

महासचिव पोखरेलले शक्ति बाँडफाँड अघि कुन कुन पार्टी सरकारमा सामेल गर्ने भनेर नेताहरूबिच आन्तरिक छलफल भइरहेको छ । सरकारमा सहभागी दलको टुङ्गो लागेपछि बल्ल मन्त्रालय बाँडफाँडको विषय प्रवेश गर्ने बताए।

शक्ति बाँडफाँडका लागि चार दलमा बनेको कार्यदलका सदस्य समेत रहेका नेता पोखरेलले अहिलेसम्म चार दलबाहेक सरकारमा सहभागी हुन चाहने दलहरूको मनस्थिति बुझ्ने काम मात्र भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077