Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले भने - माथि जे भयो यता पनि त्यही भयो

पोखरा । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकी प्रदेशमा पनि फेरबदल सुरु भएको छ।

गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री बनेको सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई हटाएका छन् ।

मुख्यमन्त्री पाण्डे भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेसम जुग्जाली र सामाजिक विकास मन्त्री सुशीला सिम्खडालाई हटाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय गरेको बताएका छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादीका मन्त्रीलाई हटाएर सरकारले समर्थन फिर्ता लिन बाध्य बनाएको बताए ।

पाण्डेले मन्त्रीहरूलाई फोन गरेर हटाइएको जानकारी गराएका थिए ।

दुवै जना मन्त्रीले संसदीय दलमा पनि आफू बर्खास्त भएको जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077