काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष नेपालले सचिवालय बैठक बोलाएका हुन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाईएको पार्टी स्रोतले बतायो ।
एमालेसहितको नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरिसकेका छन्।
तर नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय गर्ने जवाफ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् ।
सरकारमा गइहाल्ने सम्भावना नरहेको भन्दै पर्ख र हेरको नीति कायमै रहे पनि बैठकले ठोस निर्णय गर्न सक्ने बताईएको छ ।