Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सेयर बजारमा ७० अंकको गिरावट, कारोबार ४ अर्ब नाघ्यो

काठमाडौं । नयाँ गठबन्धन बनेसँगै सोमबार सेयर बजारमा उत्साह देखिए पनि आज फेरि पुरानै लयमा फर्केको छ।

अघिल्लो दिन ११७ अंक बढेको नेप्से परिसूचक यस दिन भने ७० अंक घटेको हो। ७०.३१ अंक घटेपछि नेप्से २००७ अंकमा कायम भएको छ ।

कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने २ को स्थिर रह्यो । म्युचुअल फण्डबाहेक सबै क्षेत्रका सूचकहरु घटेका छन् ।

तीन समूहहरु हाइड्रोपावर, उत्पादन र अन्य समूह ४ प्रतिशतभन्दा धेरै घटे । यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँको कारोबार भयो।

आजको कारोबारमा बोटल्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ । कारोबारका आधारमा भने, सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा देखियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077