Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिरुपती होटललाई बालेनको नियम नलाग्ने ?

काठमाडौं । सडकपेटी बिगार्ने र मिच्नविरुद्ध काठमाडौं महानगरपालिकाले आक्रामक कारबाही गर्दै आएको छ ।

सडकपेटीमा सामान राख्दा समेत ५० हजार रुपैयाँसम्म जरिवाना तिराउने गरिएको छ ।

तर, काठमाडौं महागनरपालिकाको कार्यालयबाट करिब सय मिटरको दुरीमा रहेको कमलादी मोडस्थित तिरुपती होटलले फुटपाथ नै गायब बनाएको भने उसले देखेको छैन ।

फुटपाथललाई बिगारेर होटलले आफ्नो पार्किङमा जाने ओरालो बाटो बनाएको छ । जसकारण सो होटल अगाडिको फुटपाथमा सर्वसाधरणहरू सडकमा निस्कनुपर्ने हुन्छ ।

अपांगता भएका व्यक्तिहरूहरु त ठूलो समस्यामा पर्दछन् । महानगरको केन्द्रीय कार्यालयकै छेउमा यसरी फुटपाथ अतिक्रमण हुँदा पनि महानगरले ध्यान नदिएको विषयमा स्थानीयहरू आश्चर्य मान्छन् ।

सो होटलका सञ्चालकको पहुँचकै आधारमा फुटपाथ बिगार्दा पनि कारबाही नभएको आशंका गरिएको छ ।

यसले मेयर बालेन्द्र साह (बालेन)माथि समेत प्रश्न उठेको छ । होटलको सञ्चालक ललितपुरकी कल्पना आचार्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077