Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

फेला परेको नोट शालीनले नै लेखेको रिपोर्ट

चितवन । चितवनको एकता शिशु निकेतन विद्यालयमा शालीन पोखरेलको मृत्यु प्रकरणमा फेला परेको सुसाइड नोट उनैले लेखेको पाइएको छ।

मंगलबार आएको रिपोर्टअनुसार सुसाइड नोट शालीनले नै लेखेको पुष्टि भएको हो ।

सुसाइड नोटको परीक्षण गर्नका लागिजिल्ला प्रहरी कार्यालय चितवनले नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी काठमाडौंमा पठाएको थियो।

सुसाइड नोटसँगै प्रहरीले शालीनको नोट कापी र उत्तरपुस्तिका पनि पठाएको थियो। तीनै वटामा शालीनले नै लेखेको रिपोर्ट प्रहरीले प्राप्त गरेको हो।

प्रयोगशालाले त्यसको रिपोर्टमा ‘कमन अर्थर’ अर्थात एकै लेखकले लेखेको भनेर रिपोर्ट पठाएको छ।

यसअघि आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको पोष्टमर्टम रिपोर्टमा पनि शालीनको झुण्डिएर मृत्यु भएको उल्लेख थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077