Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ गठबन्धनमा चीनको पहिलो प्रतिक्रिया, भन्यो - मिलेर काम गर्ने चाहन्छौँ

काठमाडौं । नयाँ गठबन्धन र सरकार निर्माणप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालबारे प्रतिक्रिया दिएकी हुन् ।

उनले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको प्रतिक्रिया दिइन् ।

नेपालको नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्ने चाहना रहेको उनले बताइन् । मित्रवत् छिमेकी र सहयोगी साझेदारका रुपमा चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077