Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदूरपश्चिममा माओवादी केन्द्रले फिर्ता लियो समर्थन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको छ ।

आज बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रका सभामुख सहित ११ प्रदेश सभा सदस्य छन्। तर पनि मुख्यमन्त्री कमलबहादुर शाहसँग भने ३० प्रदेश सभा सदस्यको बहुमत कायमै रहन्छ।

उनलाई काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७ र समाजवादीका ४ गरी ३० जनाको समर्थन कायमै छ। बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077