Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालुवाटारबाट मिटरब्याज पीडितको वार्ता टोली संयोजकसहित १३ जना पक्राउ

काठमाडौं । बालुवाटारबाट प्रहरीले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई पक्राउ गरेको छ ।

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा संघर्ष समितिका अध्यक्ष कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक हुन् ।

बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो ।

तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077