Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने थापा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २६ वर्षीय गोविन्द थापा रहेका छन्।

प्रहरीले थापालाई काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो ।

थापाले इन्द्रकुमार खवासलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु तीन लाख ७० हजार रुपियाँ लिई फरार भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077