Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बागमती प्रदेश सरकारबाट कांग्रेस अलग, ६ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको कांग्रेसका ६ जना मन्त्रीले बुधबार साँझ राजीनामा दिएका हुन् ।

योसँगै कांग्रेस बागमती प्रदेश सरकारबाट अलग भएको छ । कांग्रेसका ६ जना जना मन्त्रीले बुधबार बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077