Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालुवाटार लगायतका क्षेत्रमा आज जानेछ चार घण्टा बत्ती

काठमाडौं । आज बालुवाटार लगायत विभिन्न स्थानमा चार घन्टा बिजुली नआउने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी, बालुवाटार क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती नआउने भएको हो ।

उक्त क्षेत्रमा केबल रेजिङ, भूमीगत प्रसारण लाइन निर्माण लगायतका कार्य गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।

उक्त काम समय अगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा अगाडि नै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077