Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरमा छिरेका चोरहरुको कुटपिटबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

नेपालगन्ज । घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

बाँकेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा बुधवार राति करिब १ बजे पाँच सात जनाको समूहमा चोरी गर्ने उद्देश्यले छिरेकाहरूले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो घटनामा परि घाइते हुनुभएकी मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको बताइएको छ ।

प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077