Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । भारतका लागी नेपाली राजदूत नविन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

बिहीवार बिहान परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटघाट भएको हो ।

भेटघाटमा द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल भएको मन्त्रालयले जनाएको छ । राजनीतिक समीकरण फेरिएपछि पहिलोपटक भारतको तर्फबाट कूटनीतिक भेट भएको हो ।

कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थन लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारका परराष्ट्रमन्त्री श्रेष्ठसँग पहिलो पटक विदेशी कूटनीतिज्ञले भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077