Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो - बधाईका नाममा मन्त्रीलाई भेटेर फोटो खिच्ने काम नगर्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन अनावश्यक रूपमा भेटघाट नगर्न पार्टी सदस्यहरूमा निर्देशन दिएको छ।

पार्टीले विज्ञप्ति जारी गर्दै अनावश्यक रवाफ आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने जस्ता गलत अभ्यासहरू पनि देखिएकाले त्यसतर्फ सचेत गराएको हो ।

यस्तो संस्कारले दम्भको प्रदर्शनबाहेक पार्टी, समाज र देशलाई कुनै फल नदिने सो पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ।

साथै कोही व्यक्तिले मन्त्रीको नजिक छु भनेर आश्वासनका कुरा गरेमा सचेत रहन आग्रह गरेको हो ।

रास्वपाले त्यस्तो कुनै पनि भनसुन र चाकडीबाजीलाई प्रश्रय नदिने र आफ्नो कर्तव्यमा समर्पित रहने कुरा स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077