Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुबई पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने सुशिला टोखाबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीको कावासोती नगरपालिका-१७ घर भई हाल टोखा नगरपालिका-६ बस्ने ४४ वर्षीया सुशिला राई रहेकी छन् ।

पक्राउ परेकी राईले भिम बाहादुर सिंहसहित दुई जनालाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि दुबई पठाई दिने भन्दै ५ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सुशिला ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सुशिलालाई आज ग्राण्डीबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी सुशिलालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077