Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नै मृत्युको प्रमाणपत्र बनाएपछि...

नवलपरासी । पश्चिम नवलपरासीमा आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ छिपागढ घर भएका ४४ वर्षीय शिवनारायण सिंह रहेका छन् ।

उनले वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयको नक्कली लेटर प्याड र छाप प्रयोग गरी कीर्ते मृत्यु प्रमाणपत्र बनाएका थिए । उनलाई हालै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।

तान्त्रिक विद्या सिकाउने र झारफुकसमेत गर्दै आएका सिंह विगत ३ वर्षदेखि नवलपरासी बर्दघाट नगरपालिका–१४ गंगाबस्तीस्थित गंगा माविअगाडि कान्छी श्रीमतीसँगै क्यान्टिन सञ्चालन गर्दै आएका थिए ।

उनले आफू जिउँदो छँदै उनले २०६९ माघ ५ गते कालगतीले मृत्यु भएको कीर्ते प्रमाण बनाएको प्रहरीको दाबी छ ।

कीर्ते कागजपत्र बनाएर राखेको भन्ने सूचनाका आधारमा उनी बसोबाससमेत गर्दै आएको क्यान्टिनमा खानतलासी गर्दा उक्त कागजात फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहलाई लिखितसम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाइएको छ । साथै प्रहरी उनीमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077