Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म कुनै दाग नलागी खुशीसाथ मन्त्रालयबाट निस्किए, धेरै काम गरेको छु : सुदन किराती

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले एक वर्षमा धेरै काम गरेको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले यस्तो दाबी गरेका हुन् । उनले आफूले एक वर्षमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भइसकेको बताए ।

उनले आफू बेदाग भएर खुशीसाथ मन्त्रालयबाट निस्किएको समेत दाबी गरे । पूर्वमन्त्री किरातीले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको टिप्पणी गरे ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्याविनेटका स्टन्टबाज मन्त्रीको रुपमा चिनिएका थिए । उनी स्टन्टबाजी गरेकै कारण बेलाबेला चर्चामा आउने गरेका थिए ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन बनाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका तीन मन्त्रीलाई दोहोर्‍याएका छन् भने किरातीलाई आउट गरेका छन् ।

अहिले किरातीले सम्हालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा हितबहादुर तामाङले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077