Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले गोरखाली जनताको मतको अपमान गरे : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखाली जनताको जनमतको अपमान गरेको आरोप लगाएका छन्।

गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले भने, ‘चुनावका बेला मैले उहाँको लागि भोट मागेँ, उहाँले मेरो लागि भोट माग्नुभयो। उहाँलाई एक पटक सोध्नुपरेको छ, गोरखा क्षेत्र नम्बर २ मा जाँदा त्यहाँका जनतालाई भन्नुहुन्छ के ? चुनावको बेला ५ वर्ष सँगै हिँड्छु, सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउँछु, म प्रधानमन्त्री बन्छु भनेर हरेक भाषणमा बोल्नुभयो, त्यो कुरा अब यो क्षेत्रमा आएर के भन्नुहुन्छ ?’

उनले ५ वर्ष निरन्तरताका लागि प्रधानमन्त्री दाहालले प्रयत्न नगरेको बताए ।

बाचुन्जेल उथलपुथल भइराख्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको भविष्य के हुन्छ भन्ने अवस्था सिर्जना भएको पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077