Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज फागुन २६ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल फागुन २६ गते शनिबारको राशिफल ।

मेष

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन

आज नयाँ र मङ्गल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

सिंह

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

तुला

आज राज्यबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ । सेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।

धनु

आज सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । वैदेशिक कारोबारमा अधिक सफलता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

कुम्भ

प्रतिष्ठा कमाउने बेला छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।

बृष

आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।

कर्कट

आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कन्या

मानसिक चिन्ता बढेपनि श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।

बृश्चिक

सामान हराउने वा चोरी हुने भय छ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मीन

आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077