Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चार राउण्ड गोलीसहित दुईजना प्रहरी फन्दामा

सर्लाही । सर्लाहीमा चार राउण्ड गोलीसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही मंलगवा नगरपालिका १ बस्ने वर्ष २१ को पोसन महरा राम र वाग्मती नगरपालिका ८ बस्ने वर्ष २४ को रंजित राम रहेका छन् ।

सर्लाही वाग्मती नगरपालिका १० सोल्टी नहर अस्थाई प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीवाट खटिएको साझा पोसाका प्रहरी समेतको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा ४ राउण्ड गोली सहित पक्राउ गरेको हो ।

शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डव्लु ५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एक जना व्यक्तिसँग ४ राउण्ड अवैध गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077