Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको संसदीय दल कार्यसमिति बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भएपनि पराजित हुने अवस्था आएपनि नयाँ उम्मेदवार खडा गरिएको बताइएको छ ।

सिटौलालाई भने सभापति शेरबहादुर देउवाले कांग्रेस राष्ट्रियसभा दलको नेता चयन गरेका छन् ।

निर्वाचनमा हालको सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077