Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय सभा अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माबीच भिड्न्त

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मा भिड्ने भएका छन् ।

कांग्रेसको संसदीय दलको कार्यसमितिले अध्यक्षमा शर्मालाई उम्मेदवार चयन गरेपछि माओवादी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट नै दाहाल उम्मेदवार बनेका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धन सहजै जित्ने अवस्थामा छ ।

राष्ट्रिय सभामा सत्ता गठबन्धनका तर्फबाट माओवादीको १७, एमालेको १०, नेकपा एकीकृत समाजवादीको ८ र लोसपाको ३ गरी ३८ सिट छ ।

यसैले सत्ता गठबन्धनका उम्मेदवार सहजै विजयी हुने अवस्था छ । कांग्रेसको १६ र लोसपाको एक सदस्य छन् । फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको लागि भोलि ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077