Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचनको तालिका अनुसार आज उम्मेदवारी दर्ता गरिन लागेको हो ।

तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिने सचिवालयले जनाएको छ ।

मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका रहेको छ । अहिलेसम्म राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077