Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वएआईजी श्रेष्ठमाथि हातपात भएको घटनामा अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

राप्रपा नेता श्रेष्ठमाथि भएको हातपातका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको हो ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी भएका श्रेष्ठमाथि एक समूहले कुटपिट गरेका थिए।

श्रेष्ठले प्रहरीमा ठाडो निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो । कार्यसम्पादन समिति बैठकमा श्रेष्ठले भ्रष्टाचारका विषयमा कुरा राखेका थिए।

त्यस विषयमा नेता विक्रम पाण्डेसँग विवाद समेत भएको थियो। बैठकपछि पाण्डेनिकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077