Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

काठमाडौं । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेकी छिन्। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापति पनि थिइन् ।

श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौं महानगर समितिका सह-सचिव सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रही अवकाश प्राप्त विजय प्रताप शाह, नेपाली सेनाबाट अवकाश प्राप्त कृष्णजंगबहादुर सिंह, व्यवसायी तथा समाजसेवी सुभाष विष्ट लगायत दर्जनौँ व्यक्तिहरू राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए ।

नवप्रवेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको विचार व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077