Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

धनगढीमा छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु

धनगढी । कैलाली धनगढी उपमहानगरपालिकामा छिमेकीको कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

धनगढी उपमहानगरपालिका -८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको आफ्नै छिमेकीको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार राति स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला रानामाथि कुटपिट भएको जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रहरीले रानाले मदिरा सेवन गरेर अर्काको घरमा पसेका थिए। रानाको हत्या अभियोगमा मीनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मीनबहादुरकी श्रीमती २९ बर्सिया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077