Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

चिसापानी पुलमा चल्दै गरेको ट्रकमाथि आगलागी

धनगढी । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा अचानक आगलागी भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एक मालबाहक ट्रकमा लागेको आगो कर्णाली पुलमासमेत सल्किएको हो ।

ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ।

आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खेलेको छैन्।

अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077