Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

बझाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ।

त्यस क्षेत्रमा २०७९ मंसिरमा भएको चुनावबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए।

उनको दुर्घटनामा परेर निधन भएपछि यो क्षेत्र रिक्त छ। रास्वपाले २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा पनि भाग लिएको थिएन।

रास्वपाले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भने भाग लिने निर्णय गरेको छ।

०७९ मंसिरको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भए पनि उनको गत भदौ २६ गते निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077