Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, नाउपाबाट एक मन्त्री थप

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सरकार विस्तार गरेका छन् ।

पुरानो गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका शाहले नागरिक उन्मुक्ति पार्टी(नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेका हुन्।

मन्त्री चौधरीलाले केहीबेरअघि मात्र पद तथा गोपनीयताको शपथ गरे। चौधरीले थारु भाषामा शपथ लिएका थिए ।चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन् ।

उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन् । यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल आठ सदस्यीय बनेको छ ।

केन्द्रमा नयाँ समीकरण बनेलगत्तै मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका तीनजनालाई उनले मन्त्री नियुक्त गरेका थिए ।

उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077