Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

नेपाललाई युक्रेन बनाउन खोजे प्रतिवाद गर्ने विप्लवको चेतावनी

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव सी' ले नेपाललाई अमेरिकी साम्राज्यवादले युक्रेन बनाउन खोजे त्यसको प्रतिवाद गरिने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोट र जुम्लाले सोमवार सीमावजार नाग्म बजारमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

महासचिव विप्लवले विदेशी हस्तक्षेप कुनै हालतमा स्वीकार नगर्ने चेतावनी दिए । उनले अमेरिकाले नेपालमा एमसीसीमार्फत सैन्य अखडा गर्न चाहने आरोप लगाए ।

महासचिव विप्लवले अब नेपालमा नेपाली विशेषताको समाजवाद अहिलेको संकटको उचित निकास हुने बताउँदै ‘पछाडि फर्किएर होइन, अग्रगामी निकास खोज्नुपर्छ, त्यसका लागि समाजवादभन्दा अर्को विकल्प छैन ।’

महासचिव विप्लवले नेपालको राजनीति सिंहदवार वरिपरि गोलचक्करमा घुमिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077