Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति भएको छ ।

सोमबार गृह मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच चार बुँदे सहमति भएको हो । योसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित हुने भएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएर आफैंले उनीहरुको कुरा सुनेका थिए ।

मिटरब्याजपीडितहरु अधिकार सम्पन्न आयोग गठन, फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077