Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभाको बैठकमा अध्यक्ष निर्वाचनका लागि प्रस्ताव पेश

काठमाडौं । राष्ट्रियसभाको बैठकमा माओवादीको तर्फबाट नारायण दाहाल र कांग्रेसको तर्फबाट युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

जारी राष्ट्रियसभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामी र कांग्रेसका आनन्दप्रसाद ढुंगानाले प्रस्ताव पेश गरेका हुन् ।

एमाले, माओवादी, नेकपा एस र जसपा सहभागी गठबन्धनसँग सुविधाजनक बहुमत भएकाले दाहालको जित निश्चित छ ।

राष्ट्रियसभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ।

कांग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले अध्यक्ष पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढुंगानाको भनाइ छ।

त्यस्तै माओवादी सांसद गोपीबहादुर सार्की आछामीले सांसद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव गर्दै २०२७ सालदेखि नेपालको राजनीतिक क्रियाशील रहेका दाहाललाई समर्थन गरी मतदान गरिदिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077