Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गृहमन्त्री लामिछाने भन्छन् – पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन

    गृहमन्त्री लामिछाने भन्छन् – पुरातन शैलीमा काम गर्ने छुट हामीलाई छैन

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 636
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पुरातन शैलीमा काम गर्ने छुट नभएको बताएका छन् ।

    मंगलबार मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले पद सुरक्षित हुँदाहुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण ‘डेलिभरी’ दिनका लागि भएको बताए ।



    सुशासन कायम र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट हामीलाई नभएको उनले बताए ।

    उनले आफू विशेष टिओआर लिएको आएको समेत जानकारी दिए । नागरिकले तत्काल महसुस हुने गरेर सुधारका काम गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार