Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परराष्ट्रमन्त्री श्रेष्ठले भने - रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउन अझै जटिलता छ

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको स्पष्ट पारेका छन् ।

मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सो कुरा स्पष्ट पारेका हुन् । उनले रुस–युक्रेनबिच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको बताए ।

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको उनको भनाइ छ ।

नेपालस्थित रुसी राजदूतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीहरुलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको उनले बताए ।

यस्तै युक्रेनको कब्जामा रहेका नेपाली नागरिकहरुको रिहाइका लागि पनि रुस सरकारसँग आग्रह गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077