Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लवको उद्घोष - ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउँछु, उत्पादनमा आत्मनिर्भर हुन्छौं

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पार्टीलाई चन्दामुक्त बनाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् ।

सामूहिक स्याउ खेती गर्न जुम्ला पुगेर कालिकोटको सदरमुकाम मान्ममा पत्रकार भेटघाटमा उनले सो उद्घोष गरेका हुन् ।

उनले अबको तीन वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाई उत्पादनमा आत्मनिर्भर बनाउने बताए ।

उनले भने, 'अब पार्टीले चन्दा मागेर खाँदैन । ३ वर्षभित्र उत्पादनबाट अरूलाई दिने र खाने पार्टी बनाउँछौँ। जनताको खाएको अब तिर्छौं । हाम्रो पार्टी सत्तामा हैन, कुर्सीमा हैन, कमिसन र घुस मागेर हैन, राज्यको ढुकुटी मासेर हैन, उत्पादन गरेर आफू खाने र गरिब जनतालाई खुवाउने अठोटका साथ यो कार्यको थालनी गरेका छौँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077